मारूती भ्यानमा आगलागी

मालबजार : मालबजारको एउटा ग्यारेजमा भर्खरै नीलो रङ्गको मारूती भ्यान (WB74AY5936)-मा आगो लाग्यो। उक्त भ्यान गोरूबथान अप्पर फागु निवासी रबीन प्रधानको रहेको थाहा लागेको छ। प्राप्त जानकारीअनुसार मालबजार स्थित गाडीको ग्यारेजमा उक्त भ्यान वेल्डिङ गरिरहेको समयमा अचानक आगो लागेको बताइएको छ। तथापि, उक्त आगलागीमा कसैको ज्यान-प्राण नगएको तर वाहनलाई भने आगोले क्षति पुर्‍याएको छ। भ्यानमा आगो लागेपछि तत्कालै नजिकैमा रहेको माल अग्नि शमन विभागलाई जानकारी दिएपछि त्यहाँबाट अग्निशमना कर्मीहरू घटनास्थलमा पुगेर तत्कालै आगोलाई नियन्त्रणमा ल्याएपछि उक्त भ्यान पूर्ण रूपले जल्नबाट जोगियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *