मारवाड़ी सम्मेलन खरसाङ शाखाद्वारा मास्क अनि सेनिटाइजर वितरण

खरसाङ : कोरोना संक्रमणबाट मानिसहरूलाई सुरक्षित राख्नको निम्ति खरसाङमा आज पश्चिम बंग प्रादेशिक मारवाड़ी सम्मेलन, खरसाङ शाखाद्वारा मास्क अनि सेनिटाइजर वितरण गरियो। यसबारे जानकारी दिँदै सम्मेलनको पक्षबाट अधिवक्ता रमेश अग्रवालले कतिपय गरीब, दु:खीहरुले मास्क किन्न सक्दैनन्, किनीहाले पनि एउटै मास्क धेरै दिनसम्म लगाउने गर्छन्, जसले गर्दा अन्य रोगहरू लाग्न सक्छन् भन्दै कोरोनाबाट बाँच्नको निम्ति एउटा उपाय मास्क लगाउनु हो भनी बताए। तिनले सम्मेलनको पक्षबाट आज यसरी खरसाङ शहरमा मास्क अनि सेनिटाइजर वितरण गरेको जनाउँदै आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने अवगत गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *