मारवाडी युवा मञ्चद्वारा स्वास्थ्य परीक्षण तथा रक्तदान शिविर

सिलगढी: मारवाडी युवा मञ्च सिलगढी शाखा एवम् उदय शाखाद्वारा नि:शुल्क स्वास्थ्य परीक्षण,रक्तदान तथा सुगर टेस्ट शिविरको आयोजना गरियो। सिलगढी नगर निगमको 8 नम्बर वार्डको सुरतारन नक्कीपुडिया भवनमा आयोजित यस शिविरमा मारवाडी युवा मञ्चका सदस्य आदर्श कांदुईले बताए अनुसार अस्पतालहरूमा रगतको कमी तथा सहरमा डेंगूको प्रकोप बढ्दै गइरहेको छ। यसैलाई ध्यानमा राखेर नै आज स्वास्थ्य परीक्षण साथै रक्तदान शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा संग्रह गरिएको रगत सिलगढी तराई लायन्स ब्लड ब्याङ्कलाई प्रदान गरिने तिनले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *