मारवाड़ी युवा मञ्च मुस्कान शाखाद्वारा रक्तदान शिविर

सिलगढी : मारवाड़ी युवा मञ्च मुस्कान शाखाको तर्फबाट आज रक्तदान शिविरको आयोजना तराई ब्लड ब्याङ्कमा गरियो। मुस्कान शाखाकी अध्यक्ष खुशबू मित्तलले बताएअनुसार कोरोना भाइरसको महामारीले गर्दा ब्लड ब्याङ्कहरूमा हाल रगतको कमी रहेको छ। यसैलाई ध्यानमा राखेर मुस्कान शाखाका सदस्यहरूले रक्तदान शिविरको आयोजना गर्ने निर्णय लिएको थियो। उक्त रक्तदान शिविरमा 22 युनिट रगत संग्रह गरियो। शिविरमा सचिव पूजा अग्रवाल तथा कोषाध्यक्ष बबीता अग्रवाल लगायत अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *