मारवारी युवा मञ्चद्वारा फिल्ड अस्पतालको रोगी, डाक्टर तथा नर्सहरूलाई भोजनको व्यवस्था

सिलगढी : सिलगढीको तीनबत्ती मोड़मा 20 वटा अक्सिजन सिलेन्डरयुक्त बेड भएको एउटा फिल्ड अस्पताल हिजोदेखि शुरू गरिएको छ। उक्त फिल्ड अस्पतालको सिलगढी नगरनिगमका प्रशासक गौतम देवले उद्घाटन गरे। अर्कोतिर, मारवारी युवा मञ्च, सिलगढी शाखाले उक्त फिल्ड अस्पतालमा कोरोना संक्रमितहरू लगायत डाक्टर र नर्सहरूको लागि भोजन उपलब्ध गराउने जिम्मेवारी लिएको थियो भने आज यस कार्यक्रमको उद्घाटन गरियो। यस अवसरमा दिलीप दुगड़, हीरालाल अग्रवाल, रमेश अग्रवाल, मारवारी युवा मञ्च, सिलगढी शाखाका अध्यक्ष मनोज अग्रवाल, गोपाल शर्मा, उमेश गर्ग, महेश डालमिया, मनीष बजाज, सचिव आशु अग्रवाल, कोषाध्यक्ष विक्रम गोयल, अजय चौधरी लगायत अन्य उपस्थित थिए। स्मरण रहोस्, लिभर फाउन्डेशन वेस्ट बंगाल, इन्डियन च्याम्बर अफ् कमर्स, सिलगढी वेलफेयर अर्गनाइजेशन र फोरम फर ह्युम्यानिटी वेलफेयर अर्गनाइजेशनको संयुक्त पहलमा उक्त फिल्ड अस्पताल तयार गरिएको हो। असहाय कोरोना संक्रमितहरूको उपचारको लागि उक्त फिल्ड अस्पताल तयार गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *