मारवाड़ी युवा मञ्चको 36औँ स्थापना दिवसमा बिसलानिया परिवारद्वारा डेथ बडी फ्रिजर प्रदान

सिलगढी : सिलगढी मारवाड़ी युवा मञ्चको 36औँ स्थापना दिवसको अवसरमा आज एउटा कार्यक्रमको आयोजना गरियो। मारवाड़ी युवा मञ्चका सदस्यहरूले केक काटेर उक्त दिन पालन गरे। यस अवसरमा मारवाड़ी युवा मञ्चलाई बिसलानिया परिवारका छोराले आफ्ना बाबु राम कुमार बिसलानिया र आमा गीता देवी बिसलानियाको स्मरणमा डेथ बडी राख्ने फ्रिजर प्रदान गरेको बताइएको छ। संस्थाले धेरै समय अघिदेखि समाजका आवश्यकमन्द मानिसहरूको लागि डेथ बडी राख्ने फ्रिजर मसिन प्रदान गर्ने इच्छा आज पुरा भएको मारवाड़ी युवा मञ्चका सदस्यहरूले बताए। उक्त मसिन सबै आवश्यकमन्द मानिसहरूले बिना मूल्य उपलब्ध गर्न सक्नेछन्। आजको कार्यक्रममा सिलगढी शाखाका अध्यक्ष गोपाल शर्मासिलगढी शाखाका पूर्व संस्थापक ओम प्रकाश अग्रवाल, प्रान्तीय अध्यक्ष विपुल जी शर्मा,  अखिल भारतीय मारवाड़ी युवा मञ्चका सचिव ओम जी गर्ग, सिलगढी शाखाका सचिव अजय गोयल, संयोजक ललित अग्रवाल लगायत संस्थाका अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *