मारवारी युवा मञ्च सिलगढी शाखाको तर्फबाट शतरंज प्रतियोगिताको आयोजना

सिलगढी : मारवारी युवा मञ्च सिलगढी शाखाको पहलमा दार्जिलिङ जिल्ला चेस एसोसिएशनको सहयोगमा शतरंज प्रतियोगिताको आयोजना गरियो। मारवारी युवा मञ्चका अध्यक्ष गोपाल शर्माले बताएअनुसार उक्त शतरंज प्रतियोगितामा मोठ 61 जना प्रतियोगीहरूले अंश ग्रहण गरेका छन्।


सिलगढी, दार्जिलिङ, कालेबुङ, जलपाईगढी लगायत विभिन्न ठाउँका प्रतियोगीहरूले उक्त शतरंज प्रतियोगितामा अंश ग्रहण गरेका छन्। यस प्रतियोगिताको विजेताहरूलाई ट्रफी, चाँदीको सिक्का प्रदान गरेर पुरस्कृत गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *