मारवाडी युवा मञ्च सिलगढीद्वारा आयोजना गरेको कृत्रिम अंग वितरण कार्यक्रमको समापन

सिलगढी : मारवाडी युवा मञ्च सिलगढीको तर्फबाट कृत्रिम अंग वितरण कार्यक्रमको आयोजना गरियो। सिलगढी नगरनिगमको 43 नम्बर वार्डको नेशनल मारवाडी फाउन्डेसन राष्ट्रिय विकलाङ्ग सेवा केन्द्रमा सक्षम नामक कार्यक्रमको आयोजना गरेर कृत्रिम अंग वितरण गरियो। गत 20 अगस्तदेखि शुरू गरिएको उक्त कार्यक्रमको आज समापन गरियो।


उक्त कार्यक्रममा उत्तरबंगको विभिन्न जिल्ला लगायत बिहार, छिमेकी राज्य सिक्किम, नेपालबाट आएका 200 भन्दा अधिक विकलाङ्गहरूलाई कृत्रिक अंग वितरण गरियो। यसको साथै कार्यक्रममा विभन्न संगठनलाई संवर्द्धना पनि जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *