मास्क नलगाई बाहिर हिँड्नेहरूलाई लगाइने जरिमाना

सिलगढी : कोरोना संक्रमणबाट बाँच्नको लागि मास्क लगाउनु अनिवार्य रहेको छ। घरबाट बाहिर निस्कँदा मानिसहरूले आफ्नो नाक र मुख माक्सले छोप्नु आवश्यक रहेको छ। यसबारे जागरूकता अभियान चलाए तापनि मानिसहरू माक्स प्रयोग नगरी सडकमा घुमिरहेका छन्। यसैले गर्दा माक्स नलगाई सडकमा हिँडडुल गरेको देखे जरिमाना लगाइने भएको छ। आज कोभिड टास्क फोर्सले सिलगढी स्टेट गेस्ट हाउसमा विभिन्न बजार कमिटीका सदस्यहरूसँग एउटा बैठक गरे। बैठक अवधि व्यवसायी समितिका सदस्यहरूलाई बजारहरूमा अभियान चलाइनेबारे सूचित गर्दै यदि अभियान अवधि व्यवसायी तथा ग्राहकहरूले माक्स प्रयोग नगरेको भेट्टाए जरिमाना लगाइनेछ। यदि आवश्यक परेको खण्डमा तिनीहरूलाई पक्राउ समेत गरिने बताइएको छ। यसको साथै व्यवसायीहरूको र्‍यापिड टेस्ट पनि गरिने प्रशासनिक अधिकारीहरूले बताए। यसपछि आज विधान मार्केट व्यवसायी समितिका सदस्यहरूले एउटा पत्रकार सम्मेलनको आयोजना गरेर प्रशासनिक नियमअनुसार अनुसार अभियान चलाइने साथै व्यवसायी समितिको तर्फबाट माइकिङको माध्यमद्वारा सबैलाई जागरूक गरिने बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *