मास्क नलगाई हिँड्डुल गर्नेहरूविरुद्ध सिलगढीमा पुलिसको अभियान, केही पक्राउ

सिलगढी : हाल कोरोना संक्रमणको मामिला बढ्दै गइरहे तापनि धेरैजसो मानिसहरू मास्क नलगाई हिँड्डुल गरिरहेका छन्। यसैले आज विभिन्न थानाका पुलिसहरूले सिलगढी पुलिस कमिश्नरेट इलाकामा मास्क नलगाई घुमफिर गर्नेहरूविरुद्ध अभियान चलायो। आज बिहानैदेखि सिलगढीको विधान मार्केट, खुदीराम पल्ली इलाकामा पानीट्याङ्की आउटपोस्ट पुलिसले अभियान चलाएर मास्क नलगाई हिँड्नेहरूलाई सतर्क गराउनको साथै मास्क वितरण गरे। यसको साथै मास्क नलगाई घुमफिर गर्ने मानिसहरूलाई पुलिसले पक्राउ गरिरहेको छ। सिलगढी पुलिस कमिश्नरेटको प्रत्येक थानाको तर्फबाट यस प्रकारको अभियान लगातार चलाइरहने बताइएको छ। राज्य सरकारद्वारा जारी निर्देशअनुसार राति 10 बजेपछि आवश्यक कार्यबाहेक बाहिर निस्कनेहरूमाथि विशेष नजर राख्ने उद्देश्य लिएर पुलिस प्रशासनले नाका चेकिङ तथा विशेष अभियान चलाइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *