मास्क नलगाउनेहरू विरुद्ध पुलिसको अभियान, 6 जना पक्राउ

सिलगढी : कोरोनाको बढ्दो प्रकोपलाई रोकथाम गर्ने उद्देश्य लिएर सरकारले राज्यमा कोरोना प्रतिबन्ध लागू गरेको छ भने यसको उल्लङ्घन गर्ने मानिसहरूविरुद्ध पुलिस प्रशासनले लगातार अभियान चलाइरहेको छ। यसै क्रममा आज सिलगढी मेट्रोपलिटनको एनजेपी थाना पुलिसले यहाँको गेटबजार इलाकामा अभियान चलाएर मास्क नलगाई हिँड्डुल गर्ने 6 जनालाई पक्राउ गरेको छ। मास्क नलगाउनेहरू विरुद्ध पुलिसको यस प्रकारको अभियान लगातार जारी रहने पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *