मास्क नलगाउनेहरूविरुद्ध पुलिसको अभियान जारी, 31 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले मास्क नलगाई हिँड्डुल गर्ने मानिसहरूविरुद्ध अभियान चलाएर 31 जनालाई पक्राउ गरेको छ। एनजेपी थाना पुलिसले आज एनजेपी, तीनबत्ती मोड, उत्तरकन्या मोड लगायत अन्य केही इलाकामा अभियान चलाएर मास्क नलगाई घुमफिर गरिरहेका 31 जना मानिसहरूलाई पक्राउ गरेको बताइएको छ। स्मरण रहोस्, हाल राज्यमा कोरोना संक्रमितहरूको संख्या बढ्दै गइरहेकोले यसको रोकथाम गर्न पुलिस प्रशासनले मास्क नलगाई घुमफिर गर्नेहरूविरुद्ध लगातार अभियान चलाइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *