मास्क नलगाउनेहरू विरुद्ध एनजेपी थाना पुलिसको अभियान, 21 जना पक्राउ

सिलगढी : कोरोना संक्रमितहरूको सङ्ख्या बढ्दै गइरहेकोले यसको रोकथाम गर्ने उद्देश्य लिएर मास्क नलगाउने मानिसहरूविरुद्ध पुलिस प्रशासनले लगातार अभियान चलाइरहेको छ। यसै क्रममा आज सिलगढी मेट्रोपलिटनको एनजेपी थाना पुलिसले मोर बजार, गेट बजार, रेल अस्पताल इलाकामा अभियान चलाएर मास्क नलगाएका 21 जना मानिसहरूलाई पक्राउ गरेको छ। पुलिसद्वारा यस प्रकारको अभियान लगातार जारी रहने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *