मास्क नलगाउनेहरू विरुद्ध राजगञ्ज थाना पुलिसको अभियान, 5 जना पक्राउ

राजगञ्ज : मास्क नलगाउनेहरू विरुद्ध पुलिसको अभियान जारी रहेको छ। यसै क्रममा राजगञ्ज थाना पुलिसले आज यहाँको बजार र पोस्ट अफिस मोड इलाकामा अभियान चलाएर 5 जनालाई पक्राउ गरेको छ। हाल राज्यमा कोरोना संक्रमितहरूको सङ्ख्या बढ्दै गइरहेकोले सरकारद्वारा कोरोना सम्बन्धि केही प्रतिबन्ध लागू गरेको छ।


यसैले राजगञ्ज थाना पुलिसले मास्क नलगाई हिँड्डुल गर्नेहरू विरुद्ध लगातार अभियान चलाउनको साथै मास्क नलगाउने मानिसहरू पक्राउ समेत गरिरहेको छ। यसको साथै पुलिसको तर्फबाट मानिसहरूलाई कोरोनाबारे सचेतन गराउनको साथै मास्क पनि वितरण गरिरहेको छ। यसबाहेक आज राजगञ्ज थानालाई सेनिटाइज गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *