मास्क नलगाई हिँड्डुल गर्ने 8 जना सिलगढीबाट पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले कोरोनाको प्रोटोकललाई पालन नगरेर मास्क नलगाई हिँड्ने मानिसहरूविरुद्ध अभियान शुरू गरेको छ। यसै क्रममा आज एनजेपी थाना पुलिसले सादा पोशाकमा सिलगढीको गेटबजार, तीनबत्ती मोड र सुकान्तपल्ली इलाकामा अभियान चलाएर मास्क नलगाई हिँड्ने 8 जना व्यक्तिलाई पक्राउ गरेको छ। कोरोनाको तेस्रो लहरलाई रोकथाम गर्नको लागि प्रशासन तत्पर रहे तापनि मानिसहरूले यसको पर्वाह नगरी बिना मास्क सडकमा हिड्डुल गरिरहेका छन्। यसैले मानिसहरूलाई सचेतन गराउने उद्देश्य लिएर सिलगढी मेट्रोपलिटन पुलिसले लगातार अभियान चलाएर मास्क नलगाई सडकमा घुमिहिँड्ने मानिसहरूलाई पक्राउ पनि गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *