मतदान अवधि ईभीएम मसिन खराब भएपछि घण्टौँ उभिनु पर्‍यो मतदाताहरू

सिलगढी : मतिगढा 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत पर्ने बुथ नम्बर 25/267-मा ईभीएम मसिन खराब भएपछि लगभग एक घण्टासम्म मतदान बन्द भयो। मतदान गर्न आउने मानिसहरूले बताएअनुसा आज बिहान लगभग 8 बजीदेखि ईभीएम मसिन खराब भएपछि मतदान बन्द भयो। यसपछि चुनाउ आयोगले अर्को ईभीएम मसिन ल्याएपछि पुनः मतदान प्रक्रिया सुचारू गरियो। ईभीएम मसिनमा गड़बड़ीको कारण मतदाताहरूलाई लगभग डेढ घण्टासम्म लाइनमा उभिएर आफ्नो पालो पर्खिरहेको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *