मतदान अवधि फाँसीदेवाको चटहाट इलाकामा तृणमूल र निर्दलीय समर्थकमाझ संघर्ष, उत्तेजनाको माहौल

सिलगढी : सिलगढी महकुमा परिषद्को चुनाउ प्रक्रिया शुरू हुन साथ आज बिहानैदेखि फाँसीदेवाको चटहाटको विभिन्न ठाउँमा तृणमूल तथा निर्दलीय प्रार्थीको समर्थकहरूमाझ संघर्ष शुरू भएको छ। निर्दल प्रार्थी अख्तार अलीको आरोप अनुसार तृणमूलका समर्थकहरूले आज बिहान एकजना पुलिङ एजेन्टलाई बुथभित्र पस्न नदिनको साथै तिनको टाउको फुटाई दिएको छ। यसको साथै अन्य विभिन्न ठाउँमा बाँधा सृष्टि गरेको निर्दलीय प्रार्थीको आरोप रहेको छ। अर्कोतिर, तृणमूल समर्थकहरूको आरोप अनुसार आज बिहान चटहाटको खालपाडा इलाकामा निर्दलीय प्रार्थीका समर्थकहरूले तृणमूलको एकजना समर्थकको वाहन तोडफोड गर्यो। उक्त आरोप झुटो रहेको निर्दलीय प्रार्थी अख्तार अलीले दावी गरे। फाँसीदेवा महकुमा परिषद्का तृणमूल प्रार्थी आईनुल हकले बताएअनुसार मतदान शान्तिपूर्ण ढङ्गमा सम्पन्न भइरहेको छ। चुनाउमा पराजित हुने ज्ञात भएपछि निर्दलीय प्रार्थीले यस प्रकारको अभियोग लगाएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *