मतदानबारे चेतना अभिवृद्धि शिविर

मिरिक: मतदाताहरूलाई मतदान र इलेक्ट्रोनिक भोटिङ मशिन (ईभीएम) बारे जागरुक गराउन मिरिक महकुमा कार्यालयमा मतदान चेतना अभिवृद्धि शिविर सम्पन्न गरियो । महकुमा कार्यालयका डीएमडीसी मृदुल श्रीमनीको नेतृत्वमा सम्पन्न शिविरमा विशेष गरेर पहिलोपल्ट मतदान गर्ने युवाहरूलाई जागरुक गराइयो भने पहिलोपल्ट मतदान गर्ने अधिकार प्राप्त गरेका युवाहरू उत्साहित पनि देखियो । ईभीएममा कसरी मतदान गर्नुपर्छ भन्ने विषयमा व्यवहारिक शिक्षा पनि दिइयो। यस अवसरमा डीएमडीसी मृदुल श्रीमनीले भने, अधिकतर वयस्क मतदाताहरू इलेक्ट्रोनिक मशिनबारे जानकारीमा छन् तर कतिपय मानिसहरू अहिले पनि जागरुक छैनन् । जागरुक नहुनेहरूलाई जागरुक गराउन हाम्रो कर्तव्य हो। तिनले विशेष नयाँ मतदाताहरू जसले पहिलोपल्ट मतदान गर्ने उमेर भएर अधिकार प्राप्त गरेका छन् तिनीहरूलाई विशेष जागरुक गराउन र प्रेरित गर्न जागरूकता अभियान निरन्तर जारी राखिएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *