मतदान सम्बन्धी जागरुक कार्यक्रम

बिजनबारी: स्थानीय मानिसहरूलाई इलेक्ट्रोनिक भोटिङ मेसिन (EVM) तथा भोटिङ सम्बन्धी जागरुक बनाउने उद्देश्य लिएर दार्जिलिङ पुलबजार खण्ड विकास कार्यालयको मुख्य आयोजनामा बिजनबारी बजारमा मतदानबारे जागरुक कार्यक्रमको आयोजना गरियो। यस अवसरमा विशेष गरेर यस वर्ष नयाँ भोटर कार्ड बनाउने स्थानीय नयाँ युवा मतदाताहरूलाई ईभीएम मसिनको उपयोगबारेमा विस्तृत रूपमा जानकारी गराइयो। यसवाहेक गीत संगीतको माध्यमबाट पनि मतदाताहरूलाई मतदान गर्ने अधिकारबारे जागरुक गरिएको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *