मतदाताहरूलाई मतदान गर्न उस्काएको भाजपा महिला कार्यकर्ताविरुद्ध अभियोग, उत्तेजनाको माहौल

सिलगढी : सिलगढीको गेटबाजार लाल बहादुर शास्त्री स्कुलको मतदान केन्द्रमा मतदाताहरूलाई भाजपालाई मतदान गर्नमा उस्काएको एउटी भाजपा महिला कार्यकर्ताविरुद्ध अभियोग उठेको छ। उक्त घटनाले गर्दा इलाकामा तनाउको माहौल देखापर्यो। प्राप्त जानकारीअनुसार सिलगढी नगरनिगमको 33 नम्बर वार्ड निवासी भारती सरकारले आफ्नी छोरीलाई लिएर मतदान गर्न गएकी थिइन्। मतदान केन्द्रमा भाजपा महिला कार्यकर्ताले तिनी र तिनकी छोरीलाई भाजपालाई मतदान गर्नको लागि प्रभावित गरेको आरोप रहेको छ। घटनाको जानकारी पाउनसाथ केन्द्रीय वाहिनी र पुलिस कर्मीहरू घटनास्थलमा पुगेपछि परिस्थितिलाई नियन्त्रणमा ल्याउनको लागि केन्द्रीय वाहिनीका जवानहरूले लाट्ठीचार्ज गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *