मतदाताहरूलाई प्रभावित पारेको केन्द्र वाहिनी विरुद्ध प्रार्थी गौतम देवको आरोप

सिलगढी: मतदाताहरूलाई प्रभावित गरेको केन्द्र वाहिनी विरूद्ध अभियोग उठेको छ। केन्द्र वाहिनीका आईआरबी-का जवानहरूले भाजपाको पक्षमा भोट दिनेबारे मतदाताहरूलाई उस्काइरहेको डाबग्राम फूलबारी विधानसभाका तृणमूल उम्मेदवार तथा निवर्तमान मन्त्री गौतम देवले गम्भीर आरोप लगाएका छन्। तिनले बताए अनुसार आईआरबी केन्द्रीय वाहिनीले कतिपय बुथहरूमा सबैजसो मतदाताहरूलाई कसलाई मतदान गर्नेबारे प्रश्न गर्नको साथै भाजपालाई मतदान गर्न उक्साइरहेका छन्। तिनले भने, हामी केन्द्रीय वाहिनीलाई सम्मान गर्छौ तर यस्तो काम केन्द्रीय वाहिनीको होइन। हामी चाहन्छौ आईआरबी-लाई हटाएर यहाँ कुनै अन्य केन्द्रीय वाहिनीलाई खटाइयोस्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *