मातेको अवस्थामा स्वास्नीको हत्या गरेको आरोपमा लोग्ने पक्राउ

सिलगढी (निसं) : मातेको अवस्थामा आफ्नै स्वास्नीको हत्या गरेको आरोपमा पुलिसले लोग्नेलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपी लोग्नेको नाम देवेन्द्र सार्की बताइएको छ। प्राप्त जानकारी अनुसार देवेन्द्र सार्की भक्ति नगर थाना अन्तर्गत खोलाचन्द फाफरी इलाकामा आफ्नो स्वास्नीसित बस्थे भने तिनी रेलवेमा कार्य गर्थे। पुलिस सूत्रले दिएको जानकारी अनुसार दुवै लोग्ने-स्वास्नी अधिकजसो समय एकैसाथ बसेर रम-रक्सी पिउँथे। यसै क्रममा हिज मंगलबार साँझमा देवेन्द्र आफ्नो स्वास्नीसित बसेर रम-रक्सी पिइरहेका थिए। यसै अवधि लोग्ने-स्वास्नी बीच कुनै सामान्य कुरालाई लिएर भनावैरी शुरू भएपछि अन्तमा कुटपिट पनि शुरू भयो। यसै अवधि स्वास्नी काजलको मृत्यु भएको बताइएको छ।
यसपछि उक्त घटनाको सूचना पाएपछि भक्ति नगर थानाको पुलिस घटनास्थलमा पुगेर प्राथमिक जाँच गरेपछि शवलाई उद्धार गरेर पोस्टमर्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदिए। यसको साथै स्वास्नीको हत्या गरेको आरोपमा लोग्ने देवेन्द्र सार्कीलाई पुलिसले पक्राउ गरेको छ। पुलिस सूत्र अनुसार मृतक काजलको शरीरमा चोटको निशानहरू भेट्टाइएको छ। तथापि काजलको मृत्यु के कारणले गर्दा भयो भन्नेबारे पोस्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा लाग्ने बताइएको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbetcioGrandpashabetvdcasinopusulabet girişVDCasinocasibom casibom holiganbetbetpuangrandpashabetgrandpashabetromabetgameofbetbetgitgrandpashabetholiganbetgameofbetgameofbetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetgrandpashabetholiganbetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişradissonbetazhar-itay.com grandpashabetpusulabet girişkazandrabetparkgrandpashabet girişbetwoonjojobet güncel girişmariobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişbetpuanbetplay girişbetgit girişgrandpashabetbetbeygrandpashabet girişholiganbet girişbetgitgrandpashabetgameofbet girişgameofbet girişholiganbetholiganbetradissonbet girişDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabet girişgameofbetcasibomradissonbetcasibomcasibomcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes