मेटलीमा कुवाबाट पेङ्गोलिन उद्धार 

मेटली: मेटली ब्लकको चालसा मंगलबाड़ी बजार संलग्न मैदान नजिक एउटा कुवाबाट पेङ्गोलिन उद्धार गरिएको छ। आज बिहान घटनाको खबर फैलिन साथ पेङ्गोलिन हेर्नको लागि धैरैजना मानिसहरू घटनास्थलमा भेला भएका थिए। यसपछि वन विभागको खुनियालाई सूचना दिएपछि वनकर्मीहरू घटना स्थलमा आइपुगेर पेङ्गोलिनलाई कुवाबाट उद्धार गरे। प्राप्त जानकारी अनुसार प्राथमिक उपचार पछि पेङ्गोलिनलाई जंगलमा छोडिने छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *