मातेर अभद्र व्यवहार गरेको आरोपमा दुईजना पक्राउ

सिलगढी: रक्सी पिएर मातेको अवस्थामा गृहिणीसित अभद्र व्यवहार गरेको आरोपमा एनजेपी पुलिसले मोहम्मद मोजफर हुसैनलाई पक्राउ गरेको छ। स्थानीय सूत्र अनुसार मोहम्मद मोजफर हुसैनले मातेको अवस्थामा एनजेपी पुलिस थाना अन्तर्गत आमबाड़ी इलाका निवासी एकजना गृहिणीसित तिनको लोग्ने घरमा नभएको समय अभद्र व्यवहार गरे। यसपछि गृहिणीले यसबारे पुलिस थानामा अभियोग दर्ता गरेपछि पुलिसले आरोपी युवकलाई पक्राउ गरेको हो। पक्रा पर्ने आरोपीलाई आज जलपाइगढी अदालतमा पेश गऱ्यो। अर्कोतिर, रक्सी पिएर इलाकामा हो-हल्ला मच्चाउनको साथै झै-झगडा गरेको आरोपमा एनजेपी पुलिस थानाले आमबाड़ी इलाकाको मन्टु विश्वासलाई पक्राउ गरेको छ। आज तिनलाई पनि जलपाइगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *