माथाभङ्गाको ऐतिहासिक शिवरात्रि मेलाको मन्त्री बर्मनले गरे उद्घाटन

कुचबिहार : यहाँको माथाभङ्गामा प्रत्येक वर्ष शिवरात्री पूजाको अवसरमा सम्पन्न गरिने ऐतिहासिक शिवरात्रि मेला आजदेखि शुरू गरियो। माता गंगा नगरपालिकाद्वारा आयोजित उक्त मेलाको मन्त्री विनायक बर्मनले आज एउटा कार्यक्रमबीच विधिवत् उद्घाटन गरे। यस अवसरमा मन्त्री विनायक वाहेक माता गंगा नगरपालिकाको चेयरम्यान लक्ष्यपति प्रमाणिक, डेपुटी मजिस्ट्रेट अमित कुमार विश्वास प्रमुख रूपमा उपस्थित थिए । स्मरण रहोस, उक्त माथाभङ्गा विगत 100 वर्ष अघिदेखि नै प्रत्येक वर्ष शिवरात्रीको अवसरमा विराट मेलाको आयोजना गर्दै आइरहेको छ भने यहाँको मेलामा विभिन्न ठाउँहरूबाट पनि धेरै संख्यामा मानिसहरू दोकान थाप्न आउने गर्छन्। आजदेखि शुरू भएको उक्त शिवरात्री मेला आगामी 18 दिनसम्म चल्ने आयोजक समितिमार्फत जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *