माथाभांगाको नदीमा भेट्टाइयो नानीको शव

कुचबिहार: माथाभांगा 1 नम्बर ब्लक अन्तर्गत चेनाकाटा बजार संलग्न नदीमा एकजना नानीको शव भेट्टाइएपछि इलाकामा सनसनी फैलिएको छ। स्थानीय मानिसहरूले आज बिहान नदीमा माछा पक्रिरहेको समयमा उक्त नानीको शव नदीमा देखेको बताइएको छ। यसपछि घटनाको जानकारी माथाभांगा थानाको पुलिसलाई दिइयो। खबर पाएर पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेर पोस्टमार्टमको लागि पठाइदिएको छ।  पुलिसले घटनाको जाँच शुरू गरेको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *