माथाभाङ्गामा आग्नेयास्त्रसहित दुईजना पक्राउ

कुचबिहार : गोप्य सूचनाको आधारमा माथाभाङ्गा पुलिसले अभियान चलाएर आग्नेयास्त्रसहित दुईजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू माथाभाङ्गा 1 नम्बर ब्लकको कुर्शामारी ग्राम पञ्चायत अन्तर्गत पर्ने सात गाउँ इलाका निवासी अब्दुल मणी र मुजीबुल हकको रूपमा सामेल छन्।


प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा आज बिहान पुलिसले कुर्शामारी इलाकामा अभियान चलाएर एउटा देशी पिस्तोल र चारवटा जिउँदो कार्तुससहित दुईजना युवकलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका दुवै आरोपीलाई आज अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *