माथाभाङ्गामा आजदेखि ‘माँ क्यान्टिन’ शुरू

कुचबिहार : कुचबिहार जिल्लाको माथाभाङ्गा नगरपालिकाको पहलमा माथाभाङ्गा सहरको पुरानो निजी बस स्ट्यान्डमा माँ क्यान्टिन शुरू गरियो। यस अवसरमा माथाभाङ्गा नगरपालिकाको प्रशासक मण्डलीका चेयरम्यान लक्ष्यपति प्रमाणिक लगायत अन्य उपस्थित थिए। यस सम्बन्धमा लक्ष्यपति प्रमाणिकले पश्चिम बंगालभरिमै माँ क्यान्टिन शुरू गरिएको छ भने आज माथाभाङ्गा सहरमा पनि माँ क्यान्टिन शुरू गरिएको बताए। उक्त क्यान्टिनमा प्रतिदिन दिउँसो 1 बजीदेखि अपरान्ह 3 बजीसम्म केवल 5 रुपियाँमा अण्डा, भात र सब्जीको व्यवस्था रहेको छ भने यसको लागि कुपनको व्यवस्था गरिने तिनले बताए। माथाभङ्गाका मानिसहरूले उक्त पहलको सराहना गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *