माथाभाङ्गामा बम उद्धार

कुचबिहार: पञ्चायत चुनाउ अघि माथाभाङ्गा पुलिसले माथाभाङ्गा 1 नम्बर ब्लकको हाजराहाट इलाकाबाट 2 वटा बम उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार आज स्थानीय मानिसहरूले उक्त इलाकामा 2 वटा बम देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर माथाभाङ्गा पुलिस घटनास्थलमा पुगेर उक्त 2 वटा बम उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *