माथाभाङ्गामा व्यवसायीको घरमा चोरी, जाँचमा जुट्यो पुलिस

कुचबिहार : माथाभाङ्गा 1 नम्बर ब्लकको बैरागीरहाट ग्राम पञ्चायत अन्तर्गत इच्छागञ्ज इलाकामा एकजना व्यवसायीको घरमा चोरी भएको छ। प्राप्त जानकारी अनुसार केही दुष्कृतिहरूले व्यवसायीको परिवारका सदस्यहरूलाई बेहोश बनाएर दुईवटा घरबाट लगभग 6 तोला सुनको आभूषण सहित नगद एक लाख रुपियाँ चोरी गरेको बताइएको छ। परिवारका सदस्यहरू आज बिहान उठेपछि घरमा चोरी भएकोबारे थाहा पाए। घटनाको खबर पाएर माथाभाङ्गाको अतिरिक्त पुलिस अधीक्षक अमित वर्मा, आईसी भास्कर प्रधान लगायत अन्य पुलिस कर्मी घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ। परिवारका सदस्यहरूले बताएअनुसार हिजो अपरान्हदेखि तिनीहरूलाई निद्रा लागिरहेको थियो। रातिको समय कहिले घरमा चोरी भयो भन्ने बारे आफूहरूलाई थाहा छैन। चोरहरूले लाखौं रुपियाँको सुनको बहुमूल्य गर-गहना सहित नगद रुपियाँ चोरी गरेको लगेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *