माथाभाङ्गामा घर नजिकैको पोखरीबाट व्यक्तिको शव उद्धार

कुचबिहार : कुचबिहारको माथाभाङ्गा पञ्चानन मोड संलग्न इलाकामा घर नजिकैको पोखरीबाट व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्तिको नाम चन्दन दास बताइएको छ। प्राप्त जानकारी अनुसार गत राति 9 बजी चन्दन दास कीर्तिन सुन्न जान्छु भनेर घरबाट निस्केपछि राति घर फर्कि आएनन्। यसपछि आज बिहान स्थानीय मानिसहरूले पोखरीमा एउटा शव तैरिरहेको देखेपछि तत्कालै पुलिसलाई खबर दिए। घटनाको खबर पाएर माथाभाङ्गा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि परिवारका सदस्यहरूले उक्त शव चन्दन दासको रहेको बताए। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *