माथाभाङ्गामा जोन बारलाको पुतला दहन, तृणमूल छात्र परिषदद्वारा विरोध प्रदर्शन

कुचबिहार : माथाभाङ्गामा तृणमूल छात्र परिषदले आज अलिपुरद्वारका सांसद जोन बारलाको पुतला दहन गरेर विरोध प्रदर्शन गर्यो। आज तृणमूल छात्र परिषदले माथाभाङ्गा 1 नम्बर ब्लकको शिकारपुर बजार इलाकामा विरोध प्रदर्शन गर्यो। संगठनका सदस्यहरूले भने, सांसद जोन बारलाले उत्तर बंगालको लागि भिन्नै राज्यको माग गरेको छ।


तिनले बङ्गालाई विभाजन गर्न चाहन्छन् तर आफूहरूले बङ्गाललाई विभाजन गर्न दिनेछैनौँ। यसैले आज यसको प्रतिवाद जनाउँदै तृणमूल छात्र परिषदले विरोध प्रदर्शन गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *