माथाभाङ्गामा झुन्डिएको अवस्थामा गृहिणीको शव उद्धार, हत्या गरेको परिवारको आरोप

कुचबिहार : कुचबिहार माथाभाङ्गाको न्यु टाउनपाडा इलाकामा झुन्डिएको अवस्थामा गृहिणीको शव उद्धार भएको घटनालाई केन्द्र गरेर इलाकामा सनसनी मच्चियो। गृहिणीको हत्या गरेपछि शवलाई झुन्ड्याइदिएको मृतकको परिवारका सदस्यहरूले आरोप लगाएका छन्। मृतक गृहिणीको नाम पिङ्की साहा बताइएको छ। प्राप्त जानकारी अनुसार गत राति लोग्ने-स्वास्नीबीच झगडा भएको थियो भने आज बिहान झुन्डिएको अवस्थामा स्वास्नीको शव उद्धार भएको बताइएको छ। घटनाको खबर पाएर गृहिणीको परिवारका सदस्यहरू घटनास्थलमा आइपुगेका थिए। माथाभाङ्गा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि पठाएको छ। मृतक गृहिणीको परिवारका सदस्यहरूको आरोप अनुसार गत 2008-मा छोरी पिङ्कीको बिहे भएको थियो। बिहेपछि नै पिङ्कीलाई माइताबाट रुपियाँ ल्याउनु भन्दै दवाउ दिँदै आइरहेको थियो भने रुपियाँ नदिएकोले गर्दा नै छोरीमाथि अत्याचार गर्ने गर्दथ्यो। रुपियाँ नदिएकोले गर्दा नै पिङ्कीको हत्या गरेर शव झुन्ड्याइदिएको परिवारको आरोप रहेको छ। अर्कोतिर, गृहिणीको लोग्नेले बताएअनुसार पिङ्की मानसिक रूपमा अस्वस्थ्य थिइन्। गत राति झगडा भएको थियो भने आज बिहान झुन्डिरहेको अवस्थामा पिङ्कीको शव देखे। स्वास्नीको परिवारले लगाएको सबै आरोपहरू झुटो रहेको तिनले दावी गरे। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *