माथाभङ्गामा सकेट बम उद्धार

कुचबिहार : कुचबिहार जिल्लाको माथाभङ्गाको पूर्व खाटेरबारी इलाकामा आज सकेट बम उद्धार भएपछि इलाकामा सनसनी मच्चियो। स्थानीय सूत्रले दिएको जानकारीअनुसार इलाकाका मानिसहरूले आज बिहान बम देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर माथाभङ्गा थाना पुलिस घटनास्थलमा पुगेर उक्त बम उद्धार गरेर लैजानको साथै उक्त बम इलाकामा कहाँबाट आयो भन्ने विषयमा पुलिसले जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *