मतिगढा-नक्सलबारी विधानसभा आसनबाट भाजपा प्रार्थी आनन्दमय बर्मन विजयी

सिलगढी: मतिगढा-नक्सलबारी विधानसभा आसनका भाजपा प्रार्थी आनन्दमय बर्मन विजयी बनेका छन्। तिनले संयुक्त मोर्चाको कङ्ग्रेस प्रार्थी शङ्कर मालाकार र तृणमूल प्रार्थी राजेन सुन्दासलाई पराजित गरेर मतिगढा-नक्सलबारी विधानसभा आसनबाट भाजपा प्रार्थीको रूपमा चुनाउ जितेका छन्। यस अवसरमा आनन्द बर्मनले मतिगढा-नक्सलबारी विधानसभाका मानिसहरू आफ्नो साथमा रहेकोले गर्दा आफ्नो जीत भएको साथै आगामी दिनमा यहाँका मानिसहरूको हितमा विधानसभा क्षेत्रमा विविध विकासमूलक कार्यहरू गर्नेछु भनी बताए। अर्कोतिर, राज्यमा भाजपाको पराजय बारेमा तिनले भने,राजनीतिमा जीत र हार हुन्छ। हामी विपक्षीको भूमिका खेल्नेछौं।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *