मतिगढा-नक्सलबारीका भाजपा प्रार्थी आनन्दमय बर्मनले शुरू गरे चुनाउ प्रचार

सिलगढी : मतिगढा-नक्सलबारी विधानसभा आसनमा भाजपा प्रार्थीको रूपमा आनन्दमय बर्मनको नाम घोषणा गरेपछि आजदेखि तिनले नक्सलबारी क्षेत्रमा चुनाउ प्रचार शुरू गरे। आज बिहान तिनले नक्सलबारीको श्मशान कालीबारीमा पुजा अर्चना गरेपछि राम मन्दिरमा गएर पुजापाठ गरेर जय श्री रामको नारा लगाएपछि त्यहाँबाट चुनाउ प्रचारमा निस्के। तिनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई साथमा लिएर नक्सलबारी बजार लगायत विभिन्न इलाका घुमेर स्थानीय मानिसहरूसित कुराकानी गर्नको साथै आफ्नो समर्थनमा मतदान गर्ने सबैलाई अपील पनि गरे। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले इलाकावासीहरूले स्थानीय प्रार्थी चाहेको बताए। प्रत्येकपल्टको चुनाउमा बाहिरका प्रार्थीहरूले जनतालाई झुटो आशा देखाएर भोट हत्याउने गरेको साथै चुनाउ जितेपछि इलाकामा विकासमूलक कार्यहरू गर्न त परै जाओस् देखा समेत पर्दैनन् भनी तिनले बताए। मतिगढा-नक्सलबारी विधानसभा केन्द्रबाट रेकर्ड भोटले आफू विजयी हुने तिनले दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *