मतिगढ़ाबाट अजिङ्गर उद्धार

सिलगढ़ी: सिलगढ़ीको मतिगढ़ा 1 नम्बर ग्राम पञ्चायत अन्तर्गत कलमजोत इलाकाबाट सात फीट लामो एउटा अजिङ्गर उद्धार गरेको छ। स्मरण रहोस, यसभन्दा केही दिन अघि उक्त इलाकाको जङ्गलमा चितुवाको आतङ्क देखा परेको थियो। यस पछि आज बिहान स्थानीय मानिसहरूले सफाई गरिरहेको समयमा उक्त अजिङ्गर देखे। यसपछि तिनीहरूले तत्कालै यसबारे वन विभागलाई जानकारी गराए। खबर पाएर वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त अजिङ्गर उद्धार गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *