मतिगढा बेली ब्रिजको निर्माण कार्य समाप्त, ट्रायल रन सम्पन्न

सिलगढी : मतिगढा बलासन नदीमाथि निर्माण गरिएको बेली ब्रिजको निर्माण कार्य आज पुरा भएपछि यसको मजबुतीको जाँच गर्नको लागि बेली ब्रिजमाथि 47 टनको डम्पर, जेसीबी र ट्रक चलाएर ट्रायल रन गरियो। उक्त ट्रायल रनको रिपोर्ट पीडब्ल्युडी अधिकारीले दिल्ली पठाउनेछ। स्मरण रहोस्, गत एक महीनादेखि बालासन ब्रिजमाथि बेली ब्रिजको निर्माण कार्य चलिरहेको थियो भने आज यसको निर्माण कार्य पुरा भएको छ। उक्त ब्रिज वाहनको आवाजाही तथा ट्राफिक व्यवस्थामाथि विशेष ध्यान दिइरहेको छ। सूत्रले दिएको जानकारी अनुसार ट्रायल रन पुरा भएपछि आगामी 1 दिसम्बरदेखि साधारण मानिसहरूको लागि उक्त बेली ब्रिज खोलिदिने भएको छ। तर उक्त ब्रिज भएर कार, सिटी अटो, बाइक लगायत 32 सिटर स्कुल बसलाई मात्र आउने-जाने अनुमति दिइने बताइएको छ। तथापि ट्रक तथा बसहरू हाल नौकाघाट, मेडिकल मोड़ भएर आवत-जावत गर्नेछ। बेली ब्रिजको निर्माण गर्ने इञ्जिनियर रिसभ बस्नेतले बताएअनुसार आज एउटा डम्पर, तीनवटा टिपर, एउटा जेसीपी लगायत मोठ 47 टन ओजन ब्रिजमा राखेर ट्रायल रन गरियो। यस ट्रयल रन अवधि ब्रिज ब्यान्ड हुन्छ अथवा हुँदैन भन्ने विषयमा विशेष जाँच गरियो। यस ट्रायल रन अवधि पीडब्ल्युडीका अधिकारीहरूले एउटा रिपोर्ट तयार गरे भने उक्त रिपोर्टको आधारमा बेली ब्रिजमा वाहनहरूको आवाजाही निर्धारित गरिनेछ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *