मतिगढा छात्रा हत्याकाण्ड: आरोपी अब्बासलाई अदालतमा पेश, फेरि 4 दिनको पुलिस हिरासतमा

सिलगढी (निस) : सिलगढीको मतिगढामा 17 वर्षीय एकजना छात्राको हत्या गरेको आरोपमा पक्राउ गरेर अदालतमा पेश गरेपछि 10 दिनको पुलिस हिरासतको समय अवधि समाप्त भएपछि आज फेरि आरोपी मोहम्मद अब्बासलाई सिलगढी अदालतमा पेश गरियो। प्राप्त जानकारी अनुसार अदालतमा आरोपी पक्षको कुनै पनि वकील नरहेको साथै आरोपी अब्बासलाई पुनः 4 दिनको निम्ति मतिगढा पुलिस हिरासतमा पठाइयो। तिनलाई अब फेरि आगामी 4 सेप्टेम्बरको दिन सिलगढी अदालतमा पेश गरिने भएको छ। स्मरण रहोस्, गत 10 दिन अघि सर्वप्रथम सिलगढी अदालतमा छात्रा हत्याको आरोपी मोहम्मद अब्बासलाई पेश गर्न ल्याइएको समय विभिन्न संघ-संस्था तथा राजनैतिक दलका नेतृत्व तथा कार्यकर्ताहरूको धेरै संख्यामा उपस्थिति रहेर हत्या आरोपीको विरोधमा विक्षोभ प्रदर्शन साथै नाराबाजी गरिएको थियो भने आज दोस्रोपल्ट आरोपीलाई अदालतमा पेश गर्दा कठोर सुरक्षा व्यवस्था अप्नाइएको थियो। तथापि, आज पनि अदालत परिसरमा विभिन्न संघ-संस्था, शिक्षक-शिक्षिकाहरू लगायत जस्टिस फर अभया-का उपस्थित सदस्यहरूले हातमा प्लाकार्ड बोकेर आरोपीलाई चाँडोभन्दा चाँडो कठोर सजाय दिनुपर्ने माग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *