मतिगढा छात्रा हत्याकाण्ड: मालुटार चियाबारीमा श्रद्धाञ्जलि सभा

खरसाङ (निसं): सिलगढीको मतिगढ़ा छात्रा हत्याकाण्डको घोर प्रतिवाद गर्नको साथै तिनको आत्मशान्तिको लागि तीनधारे महानदी समष्टीको मालुटार चियाबारीमा आज साँझ श्रद्धाञ्जलि सभाको आयोजना गरियो। यस अवसरमा मोमबत्ती बालेर उपस्थित मानिसहरूले गोर्खे नाबालिगको हत्यारालाई कठोर सजाय हुनु पर्ने मांग गर्दै तिनको फोटोमा फुल-माला चढाएर तिनलाई श्रद्धाञ्जलि अर्पण गरे। उक्त सभामा मालुटार चियाबारीको ग्राम सुधार समितिका सचिव बिन्धिया थापा, भूतपूर्व सभापति निर्मला थापा, पुष्प पुरी, बिनिशा तामाङ, प्रतिभा तामाङ, अलिशा तामाङ आदिले वक्तव्य राख्दै मतिगढा छात्रा हत्याकाण्डको घोर विरोध जनाउनको साथै हत्याराले कठोर सजाय पाउनु पर्ने मांग गरे। यसैगरी, मृतक नाबालिगको आत्मशान्तिको कामनामा श्रद्धाञ्जलि अर्पण गर्दै 2 मिनटको मौन धारण गरियो। उपस्थित सबै महिलाहरूले नाबालिकको हत्यारालाई चाँडोभन्दा चाँडो फाँसीको सजाय पाउनुपर्छ भनी मांग गरेका छन्। उक्त श्रद्धाञ्जलि सभा मालुटार गोदाम धुरा, कोठी डाँड़ा ग्राम सुधार समितिद्वारा आयोजना गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *