मतिगढा डेयरी फार्म चोरीको घटनामा पक्रा परेका 3 जना आरोपीलाई अदालतमा पेश

सिलगढी, 21 मार्च: मतिगढा थानाका पुलिसले डेयरी फार्मबाट चोरी भएको घटनामा 3 जनालाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार, मतिगढाको एउटा डेयरी फार्मबाट कपर पाइप, मिल्क केन, तार लगायत अन्य सामग्रीहरू चोरी भएको थियो। जसको बजार मूल्य लाखौं रुपियाँ बताइन्छ। यस घटनाबारे मतिगढा थानामा अभियोग दर्ता गराइएको थियो। अभियोगको आधारमा जाँच गर्दा 19 तारिख मतिगढा थाना पुलिसले गोप्य सूचनाको आधारमा पहिलो आरोपी सत्यम रायलाई पक्राउ गरेका थिए। उनीसँग सोधखोज गरेपछि पुलिसले अन्य दुई आरोपी रञ्जय राय र ज्योतिष रायलाई पनि पक्राउ गरेको छ। ती तीनै आरोपीहरूसँग सोधखोज गरेपछि पुलिसले 15 वटा दूधको केन उद्धार गरेको छ। यद्यपि, चोरी भएका अन्य सामग्रीहरूको रिकभरी गर्न सकिएको छैन। आज ती सबै आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *