मतिगढास्थित अवैध कल सेन्टरको कार्यालयमा पुलिसको छापामार, केही युवक-युवती हिरासतमा

सिलगढी : सिलगढीको मतिगढास्थित एउटा बहुतले भवनमा अफिस भाडामा लिएर अवैध रूपमा कल सेन्टर चलाएको आरोपमा 24 जना युवती एवम् 2 जना युवकलाई पुलिस हिरासतमा लिएको छ। प्राप्त जानकारीअनुसार सिलगढीको मतिगढास्थित एउटा बहुतले भवनमा अफिस भाडामा लिएर अवैध रूपमा कल सेन्टर चलाउने गरेको गोप्य सुइँको पाएपछि मतिगढा थाना पुलिस र स्पेशल अपरेसन ग्रुप एवम् डिटेक्टिभ डिपार्टमेन्टले संयुक्त रूपमा अभियान चलाएर 24 जना युवती एवम् 2 जना युवकलाई हिरासतमा लिएको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार धेरै दिन अघिदेखि त्यहाँ अवैध रूपमा कल सेन्टर चलाइरहेको थियो भने आज उक्त कल सेन्टरमा छापामारी अभियान चलाउन गएको समय उक्त कार्यालयको भित्रबाट दैलो बन्द गरेको थियो। यसपछि पुलिसले दैलो भत्काएर कार्यालयभित्र प्रवेश गरेर 24 जना युवती र 2 जना युवकलाई हिरासतमा लिएर तिनीहरूसित सोधखोज गरिरहेको छ। यसको साथै पुलिसले उक्त कार्यालयबाट धेरैवटा सामग्रीहरू उद्धार गरेर जाँच शुरू गरेको बताइएको छ। सिलगढीको उक्त अवैध कल सेन्टर बन्द गर्नको लागि सिलगढी पुलिस कमिश्नरेट अन्तर्गत सबै थाना र स्पेशल अपरेशन ग्रुपले अभियान चलाइरहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *