मतिगढास्थित आईटी पार्कको अवैध कल सेन्टरमा एसओजी र साइबर क्राइमको छापामार अभियान जारी

सिलगढी : सिलगढीको मतिगढास्थित आईटी पार्कको अवैध कल सेन्टरमा एसओजी र साइबर क्राइमले छापामार अभियान चलायो। गोप्य सूचनाको आधारमा आज एसओजी र साइबर क्राइम थानाका अधिकारीहरूको साथमा मतिगढा थाना पुलिसले उक्त कल सेन्टरमा अभियान चलायो। हालसम्म त्यहाँ 3 वटा अवैध कल सेन्टर रहेको बताइएको छ। उक्त कल सेन्टरहरूबाट विभिन्न कागजपत्र भेट्टाइएको छ। विदेशमा फोन गरेर मानिसहरूलाई ठग्ने गरेको साथै नकोरी एवम् स्वास्थ्य बीमाको नाममा मानिसहरूलाई ठग्ने गरेको थाहा लागेको छ। यसभन्दा अघि पनि सीआईडीले उक्त आईटी पार्कमा रहेको अवैध कल सेन्टरहरूमा अभियान चलाएको थियो भने धेरैजनालाई पक्राउ समेत गरेको थियो। तरै पनि त्यहाँ फेरि अवैध कल सेन्टर शुरू गरेको विषयलाई लिएर प्रश्न चिन्ह खडा भएको छ। आज रातिसम्म उक्त अवैध कल सेन्टरहरूमा पुलिसले अभियान चलाउने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *