मतिगढास्थित सपिङ मलको एउटा स्पामा देह व्यापारको भान्डाफोर, दुई महिला सहित तीनजना पक्राउ

सिलगढी : स्पाको नाममा देह व्यवसाय चलाएको आरोपमा मतिगढास्थित सपिङ मलको एउटा स्पाबाट पुलिसले दुई महिला सहित तीनजनालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति खोरीबारी निवासी कृष्णा विश्वासको रूपमा चिन्हित गरिएको छ। स्मरण रहोस्, धेरै समय अघिदेखि मतिगढास्थित एउटा चर्चित सपिङ मलभित्र स्पा तथा सेलुनको नाममा देह व्यवसाय चलाइरहेको आरोप रहेको छ। मेट्रोपोलिटन पुलिसले उक्त व्यवसायलाई बन्द गर्ने उद्देश्य लिएर लगातार अभियान चलाइरहे तापनि यस व्यवसायमाथि हालसम्म पूर्ण रूपमा प्रतिबन्ध लगाउन सकेको छैन। मतिगढा थानाका आईसी र ट्राफिक एसीपी मनीष कुमार यादवले गत राति मतिगढास्थित उक्त चर्चित सपिङ मलमा रहेको एउटा  स्पा सेन्टरमा छापामार अभियान चलाएर दुई महिला सहित तीनजनालाई आपत्तिजनक स्थितिमा पक्राउ गरेको बताइएको छ। पक्रा परेका ती तीनजना विरुद्ध इनमोरल ट्राफिकिङ अन्तर्गत मामिला दर्ता गरेर आज तिनीहरूलाई सिलगढी अदालतमा पेश गरियो। यसको साथै पुलिसले उक्त स्पाको मालिक को हो अनि यो व्यवसाय कस्तो प्रकारले चलाइरहेको छ, व्यवसायमा को-को संलग्न रहेको छ भन्ने विषयमा छानबीन शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes