मतिगढाका भू-माफिया सुरत बर्मन पक्राउ

सिलगढी : मतिगढा थाना अन्तर्गत इलाकाका भू-माफिया सुरत बर्मनलाई पुलिसले पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पुलिस सूत्रले दिएको जानकारी अनुसार सुरत बर्मनले मतिगढा इलाकाको धेरै जमीनको नकली कागजपत्र बनाएर गैर कानुनी रूपमा बिक्री गर्ने गर्दथे। तिनीविरुद्ध अभियोग दर्ता गरिएकोले धेरै दिन अघिदेखि पुलिसले तिनको खोजी गरिरहेका थिए। यसपछि हिजो सुरत बर्मनलाई मतिगढाको ढोकलागछ इलाकाबाट पक्राउ गरेको बताइएको छ। पुलिस घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *