मतिगढाको बालसन ब्रिज 19 देखि 22 अगस्तसम्म बन्द रहने

सिलगढी (निसं): सिलगढीको मतिगढा नजिक बालसन ब्रीज चार दिनको लागि बन्द गरिने भएको छ। बालसन ब्रीजलाई पूर्ण रूपमा बन्द राख्नको लागि पीडब्लूडी-को तर्फबाट सिलगढी मेट्रोपोलिटन पुलिसलाई एउटा चिट्ठी लेखेको बताइएको छ। प्राप्त जानकारी अनुसार पीडब्लूडी-ले आगामी 19 देखि 22 अगस्तसम्म ब्रीज बन्द राख्ने निणर्य लिएको छ। बालसन ब्रीजको क्षतिग्रस्त तीन नम्बर पिलरको मरमति कार्य पूरा भइसकेको छ। यसैले अब पीडब्लूडी-ले बलासन ब्रीज माथि बनाएको अस्थायी बेली ब्रिज खोल्ने भएको छ। बेली ब्रिज खोल्नको लागि नै 4 दिन ब्रीज बन्द राख्ने भएको कुरा पीडब्लूडी-ले सिलगढी मेट्रोपोलिटन पुलिसलाई लेखेको चिट्ठीमा उल्लेख गरेको छ। पीडब्लूडी-ले आगामी 19 से 22 अगस्तसम्म बेली ब्रीज खोल्ने कार्य गर्ने भएको छ। स्मरण रहोस, गत वर्ष अक्टोबर महिनामा अत्याधिक पानी परेपछि बालसन ब्रीजको तीन नम्बर पिलर क्षतिग्रस्त भएपछि नै उक्त बलासन पुलमा अस्थायी रूपमा बेली ब्रीज बनाइएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *