मतिगढाको बालसन ब्रिज आजदेखि 22 अगस्तसम्म बन्द

सिलगढी : बालसन ब्रिज आजदेखि चार दिनको लागि बन्द रहेको छ। पीडब्ल्युडीले आज 19 अगस्तदेखि 22 अगस्तसम्म ब्रिज बन्द राख्ने निर्णय लिएको छ। प्राप्त जानकारी अनुसार बालसन ब्रिजको क्षतिग्रस्त 3 नम्बर पिलरको मरमति कार्य पुरा भइसकेकोले अब पीडब्ल्युडी-ले बालसनमाथि बनाइएको वैकल्पिक बेली ब्रिज खोल्ने भएको छ। बेली ब्रिज खोल्नको लागि नै 4 दिनसम्म बालसन ब्रिज बन्द राख्नको लागि पीडब्ल्युडी-ले सिलगढी मेट्रोपोलिटन पुलिसलाई पत्राचार गरेको थियो। पीडब्ल्युडी-ले आजदेखि आगामी 22  अगस्तसम्म बेली ब्रिज खोल्ने काम गर्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *