मतिगढाको बालासन पुलमा यातायात बन्द गरिएकोले वर्द्धमान रोडमा जामको समस्या

सिलगढी : लगातार वर्षाले गर्दा मतिगढास्थित बालासन पुल क्षतिग्रस्त भएकोले आज बिहानैदेखि उक्त पुल भएर ठुल्ठुला वाहनहरूको आवागमनमा रोक लगाइएको छ। बालासन पुल क्षतिग्रस्त भएकोले हाल सबै बस तथा वाहनहरू नौकाघाट भएर चल्ने भएकोले गर्दा सिलगढीको वर्द्धमान रोडमा बिहानैदेखि निक्कै जाम देखियो। बालासन पुलको मरमति नभएसम्म त्यहाँ ठुल्ठुला वाहनहरूको चलाचल बन्द गरिएको छ। अर्कोतिर, वर्द्धमान रोडमा विभिन्न ठाउँहरूमा ट्राफिक पुलिस तैनाथ गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *