मतिगढाको बेली ब्रिज भएर भोलिदेखि यातायात शुरू

सिलगढी : मतिगढास्थित बालासन ब्रिजमा निर्माण गरिएको बेली ब्रिजमा भोलिदेखि वाहनहरूको चलाचल शुरू गरिने भएको छ। पुलिस कमिश्नरेटमा आज एउटा पत्रकार सम्मलेनको आयोजना गरेर सिलगढी पुलिस कमिश्नर गौरव शर्माले यसबारे जानकारी दिएका छन्। पत्रकारहरूसित कुराकानी गर्दै गौरव शर्मा भने, भोलिदेखि मतिगढा बेली ब्रिजमा भोलिदेखि वाहनहरूको चलाचल शुरू गरिनेछ। तथापि, उक्त ब्रिजमाथि ठुला मालवाहक वाहनहरू लगायत अटो, आर्मी वाहनको चलाचलमा रोक लगाइएको तिनले बताए। यसबाहेक स्कुल बस तथा निजी ससाना वाहनहरूलाई मात्र उक्त ब्रिज भएर चलाचल गर्ने अनुमति दिइएको साथै यातायात व्यवस्थालाई सुचारू राख्न ट्राफिक बुथ ब्रिज नजिक बनाइएको तिनले जानकारी गराए। स्मरण रहोस, अधिक वर्षाले गर्दा गत 20 अक्टोबरमा बालासन ब्रिजको तीन नम्बर पिलर क्षतिग्रस्त भएको थियो। ब्रिजको जोखिमपूर्ण स्थितिलाई ध्यानमा राखेर पुलिस प्रशासनले उक्त ब्रिज भएर वाहनहरूको चलाचल बन्द गरिदिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetdeneme bonusu veren sitelergameofbetmobilbahisjojobetjojobet girişjojobet girişJojobetjojobetzenbetperabet girişperabetholiganbetJojobetJojobetjojobetgrandpashabetjojobet Built with ❤︎ by appycodes