मतिगढाको चमटा ब्रिज नजिक बसले तेलको ट्याङ्करलाई धक्का दिँदा धेरैजना घाइते

सिलगढी : मतिगढाको चमटा ब्रिज नजिक पानीट्याङ्कीबाट सिलगढीतर्फ आइरहेको एउटा बस अनियन्त्रित भएर तेलको ट्याङ्करसित ठोक्किँदा तेलको ट्याङ्कर चमटा ब्रिजबाट तल जंगलमा झर्यो भने बस ब्रिजमै पल्टिँयो। उक्त घटनामा बसमा सवार धेरैजना यात्रीहरू घाइते भएका छन्। घटनाको खबर पाएर पुलिस अधिकारी घटनास्थलमा पुगेका थिए। उक्त घटनापछि चमटा ब्रिज परमा केही समयको लागि वाहनहरूको चलाचल बन्द गरेको थियो। यसपछि क्रेनको सहयोगमा बसलाई ब्रिजबाट हटाइएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *